पर्वका दिन पनि वडाअध्यक्ष सिह भने कार्यालयमै काममा व्यस्त

पर्वका दिन पनि वडाअध्यक्ष सिह भने कार्यालयमै काममा व्यस्त
ओमप्रकाश पाण्डेय
स्थानीय तहको निर्वाचन नजिकिएसंगै चुनावी चहलपहल बढ्दै गएको छ । निवार्चन नजिकिएसंगै हाल स्थानीय तहमा रहेका जनप्रतिनिधीहरुको पनि मुल्यांकन जनताहरुले गरी रहेका छन् । अधिकाशं जनप्रतिनिधीहरुले निर्वाचनका बेला गरिएका बाचा अनुसार कार्य नगरेको तथा जनताको विकासको आशा परिपुर्ति गर्न नसकेको गुनसो आई रहेका बेला कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नरेश बहादुर सिंह भने पर्वका दिनमा समेत वडाको काममा व्यस्त पाइएका छन् ।

 बिहीवार बैशाख १ गते सबैले नयाँ वर्षको पहिलो दिन मनाइ रहदा वडा अध्यक्ष सिह भने वडावासीहरुका लागि भन्दै वडा कार्यालयमा एक्लै पुगेर वडाको काम गरी रहेका भेटिएका हुन् । वैशाख १ गतेलाई सुुदुरपश्चिम प्रदेशमा विशु पर्वका रुपमा मह्तवका साथ मनाइने गरिएको छ, यो बेला कर्मचारीहरु आआफ्ना परिवारका सदस्य तथा आफन्तजनहरुसंग रमाईलो गरी रहदा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नरेश बहादुर सिंह भने वडाको कार्यमा नै व्यस्त भेटिएका हुन् ।

पर्वका दिनमा समेत वडाको कार्यमा व्यस्त हुनुको पछाडिको कारणबारे हामीले स्थलगत रिर्पाटिङकै क्रममा सोध्दा वडाअध्यक्ष सिहले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका वडावासीहरुलाई क्षतिपुर्ति दिनका लागि आवश्यक कागजपत्रहरु मिलाउन समय कम भएकाले पर्वकै दिन पनि आफु वडा कार्यालयको काममा लागेको जवाफ दिनु भयो ।

 विकासप्रेमी नेताको छबि बनाउनु भएका वडाअध्यक्ष सिहले यही बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पनि फेरी वडा अध्यक्षको लागि एमालेबाट उम्मेदवार हुने जानकारी समेत दिनु भयो । आफ्नो अहिलेको कार्यकालमा कोरोना महामारीका कारणले गर्दा आफ्नो लक्ष्यहरु पुरा गर्न नसकिएको र अब वडावासीहरुका लागि थप कार्य गर्न ईच्छा भएकाले अर्काे कार्यकालका लागि समेत आफ्नो उम्मेदवारी रहने उहाले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.