ज्येष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन गरियो

 कञ्चनपुरको वेदकोट नगरपालिका गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले बिहीवार नयाँ वर्ष तथा विशु पर्वको उपलक्ष्यमा शुभकामना तथा ज्येष्ठ नागरिक सम्मान तथा अभिनन्दन कार्यक्रम गरेको छ । बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसी जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य बहादुर थापा रहनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै संविधान सभा सदस्य थापाले सहकारीका माध्यमबाट छोटो समयमै महिलाहरुका लागि गरेका कार्यहरुको प्रशसा गर्दै महिलाहरुको विकासका लागि आफु पनि प्रतिवद्ध रहेको बताउनु भयो । कञ्चनपुर जिल्लाका घाडीघाच क्षेत्रमा शुद्ध खानेपानीको आपुर्तिका लागि आफुले पहल गर्ने समेत उहाले बताउनु भयो । महाकाली नदीको पानी प्रशोधन गरी खानेपानीको पहुच नपुगेका कञ्चनपुर जिल्लाका घाडीघाच क्षेत्रमा शुद्ध खानेपानी पु¥याइने उहाले बताउनु भयो ।

उक्त कार्यक्रममा लामो समयदेखि समाजमा योगदान दिनु भएका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै अभिनन्दन समेत गरिएको छ । त्यसरी अभिनन्दन गरिनेमा बासुदेव भट्ट, कृसन नाथ, हरिकृष्ण भटट् र हंशराज जोशी रहेका छन् । उहाहरुले समाजमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो । उक्त कार्यक्रममा स्वागत मन्तव्य बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष मञ्जु चन्दले राख्नु भएको थियो । साथै उक्त कार्यक्रममा बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले पछिल्लो समय गरेका कार्यहरु तथा उपलब्धिका विषयमा समेत जानकारी गराइएको थियो ।

 बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसी जोशीले किसानहरुले बीउ बिजन पाएका भएपनि मलको व्यवस्थापन नहुदा समस्या भएको बताउनु भयो । साथै उहाले किसानहरुलाइ मल सरकारले उपलब्ध गराउनु पर्ने बताउनु भयो । यसैबीच बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना हालसम्म गरेका कार्य उपलब्धिहरुको जानकारी समेत दिने खालको भित्तेपात्रो समेत प्रकाशन गरेको छ ।

सम्बन्धित

Comments are closed.