पश्चिम प्रेस दैनिक पत्रिकाको बिमोचन

 कञ्चनपुरको भीमदत्त नगरपालिकामा बिहीवार पश्चिम प्रेस दैनिक पत्रिकाको बिमोचन गरिएको छ । प्रेस दैनिक पत्रिकाका सम्पादक कविराज भट्टको सभापतित्वमा बिहीवार एक कार्यक्रमको आयोजना गरी पत्रिकाको बिमोचन गरिएको हो ।

 उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष माधवसिंह धामी रहनु भएको थियो भने अतिथिहरुमा शिक्षा विद् नारा जोशी, समाजसेवी लिलाध्वज बस्नेत, वरिष्ठ पत्रकार चित्राङ्ग थापा, गुगुल्डी मासिक पत्रिकाका सम्पादक बीर बहादुर चन्द विश्राम, सुदुरपश्चिम विश्वविद्यालयमा पत्रकारिता अध्यापन गराउनु हुने सह प्राध्यापक उमाकान्त जोशी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका कोषाध्यक्ष जयदेव जोशी लगायत रहनु भएको थियो ।

सम्बन्धित

Comments are closed.