उचित व्यवस्थापनका लागि पहल नगरेको गुनासो

 कञ्चनपुरको महेन्द्रनगरमा सडक किनारमा बसेर जुता, चप्पल सिउने र जुता पोलिस गर्नेहरुले आफुहरुको व्यवस्थापनमा स्थानीय तहले ध्यान नदिएको गुनासो गरेका छन् ।
महेन्द्रनगर बजारका विभिन्न सडकहरुका किनारमा जुता पोलिस गर्ने, जुता चप्पल सिउनेहरुले पटकपटक पालिकाले विभिन्न स्थानबाट हटाउनेक्रम बढि रहदा समस्या भई रहेको उहाहरुले गुनासो गरेका छन् । विभिन्न समस्याहरुलाई झेल्दै जीविका चलाउन कै लागि सडक किनारमा जुता चप्पल सिउने व्यक्तिहरुले आफ्नो सीपको प्रयोग गर्ने वातावरण समेत बन्न नसकेको भन्दै गुनासो गरेका छन् । उहाहरुले आफ्नो समस्या समाधानका लागि पालिकाले पहल गरी दिनुपर्ने माग गरेका छन् ।

 विशेषगरी आर्थिक रुपले विपन्न नागरीकले नै यस्ता किसिमका व्यवसायमा संलग्न हुने गरेका छन् । उहाहरुको दैनिक रुपमा यो सीप प्रयोग गरेर मात्रै जीवन निर्वाह गर्दै आएका छन् । राज्यले उचित व्यवस्थापन गरिदिए आफुहरुको रोजीरोटी सुनिश्चित हुनेमा विश्वस्त रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.