चिरैं संस्कृति प्रवद्र्धन कार्यक्रम सम्पन्न

थारु समुदायको कला, संस्कृति, र पहिचानको संरक्षण गर्न थारु समुदाय र तीन वटै तहका सरकारले सहयोग पर्नु पर्नेमा जोड

 कैलालीको जोशीपुर गाउपालिका वडा नम्वर ५ सिमराना बजारमा चिरैं संस्कृति प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । कला, संस्कृति, हमार पहिचान, यिहिन बचैना हमार अभियान भन्ने नाराका साथ कैलालीको जोशीपुर गाउपालिका वडा नम्वर ५ सिमराना बजारमा चिरैं संस्कृति प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको हो । कैलालीको जोशीपुर गाउपालिका वडा नम्वर ५ सिमराना गाउका बरघर एवम् वडा नम्वर ५ का वडा सदस्य शिव लाल चौधरीको सभाध्यक्ष भएको चिरैं संस्कृति प्रवद्र्धन कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि नेपाली कांग्रेसको युवा नेता एवम पूर्व राज्य मन्त्री जनकराज चौधरी रहनु भएको थियो ।

 विशिष्ट अतिथिमा थारु कल्याणकारी जिल्ला उपाध्यक्ष एवम् थरुहट युवा नेता माधव थारु, कैलालीको जोशीपुर गाउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष देशराज चौधरी रहनु भएको थियो । यसैगरी अतिथीहरुमा राष्ट्रिय थारु कलाकार मंच केन्द्रिय सदस्य रमेश मिशन, थारु विद्यार्थी समाज जिल्ला अध्यक्ष आशिष चौधरी, समाजसेवी÷बुद्धिजीवी धना चौधरी, आइतवारि लाल चौधरी, लौटन चौधरी, लक्षी राम चौधरी लगायतका पाहुनाहरुको उपस्थिति रहेको कैलालीको जोशीपुर थारु संस्कृति प्रवद्र्धन कार्यक्रमका संयोजक तथा कार्यक्रम सञ्चालक अभिमन्यु चौधरीले बताउनु भयो ।

 चिरैं संस्कृति प्रवद्र्धन कार्यक्रममा थारु समुदायको कला, संस्कृति, र पहिचानको संरक्षण गर्न थारु समुदाय र तीन वटै तहका सरकारले सहयोग पर्नु पर्नेमा जोड दिएको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.