कञ्चनपुरमा अन्धविश्वासका कारण एक जना महिलाको ज्यान गयो

 कञ्चनपुरमा अन्धविश्वासका कारण एक जना महिलाको ज्यान गएको छ । बिरामी पर्दा अस्पताल जानु भन्दा धामीझाक्रीकोमा लगेर उपचार गराउने अन्धविश्वासका कारण कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी बस्ने ४३ वर्षीया रन्चुला साउँदको ज्यान गएको हो ।

अस्वस्थ हुँदा उपचारका लागि राम्रो अस्पतालमा नगई केही दिनदेखि धामीझाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी बस्ने ४३ वर्षीया रन्चुला साउँदको ज्यान गएको हो । भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने धामीझाँक्री नारायण दत्त भट्टको नेतृत्वमा मुसेपानी स्थित स्थानीय कमला साउँदको घरमा जघन्य अपराधको घटना भएको हो ।

 मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ । घटनाबारे अनुसन्धानका लागि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

 स्थानीयहरुले घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कार्बाही गर्नुपर्ने र मृतकका छोरीहरुको व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालाहरुले पहल गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.