थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले जानकारी दिनु भयो । केही दिन अगाडि धनगढीस्थित ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएको थियो । उहाको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो । उहा थरुहट आन्दोलनका अगुवा थिए। ०७२ साल भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि उहा तीन वर्ष जेल बसेर रिहा हुनु भएको थियो ।
Comments are closed.