कञ्चनपुरमा स्थानीय तहको निर्वाचनको तयारी तीव्र, ईन्डो नेपाल समन्वयात्मक बैठक सम्पन्न,
४८ घण्टा सीमा नाका बन्द हुने
आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा पनि तयारी तीव्र पार्दै लगिएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर तथा अन्य सरोकारवालाहरुले निर्वाचनलाई मध्यनजर गर्दै तयारी तीव्र पारिएको हो । यसैविच शुक्रवार वैसाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै ईन्डो नेपाल समन्वयात्मक बैठक सम्पन्न भएको छ । कञ्चनपुरसंग सिमा जोडिएका भारतका तीन जिल्लाका अधिकारी सम्मिलित ईन्डो नेपाल समन्वयात्मक वैठक कञ्चनपुरको महेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको हो ।
बैठकमा भारतको नैनीताल, उधमसिह नगर र चम्पावत जिल्लाका अधिकारीहरु सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र नेपालको तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, सुदुरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक डीआईजीपी पुरुषोत्तम कँडेल, ससस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी दुर्गा प्रसाद भट्टराई लगायतका सुरक्षा निकायका अधिकारीहरको सहभागिता रहेको थियो । बैठकमा यही वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको विषय र सिमा सम्वन्धि अन्य विषयमा छलफल भएको र विषेस गरि निर्वाचन भन्दा ४८ घण्टा अगाडि सिमा नाका बन्द गरिने समेत निर्णय बैठकमा गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले वताउनु भयो । विषेश गरि निर्वाचन केन्द्रीत बैठक भए पनि सिमामा हुने अपराधिक गतिविधि नियन्त्र गर्न आपसि सहयोग आदान प्रदान गर्ने, सिमा सम्वन्धि समस्या समाधान गर्न पहल गर्ने र मानव वेचविखन लगायतका गतिविधि कम गर्न दुवै देशका सुरक्षा निकायले सहकार्य गर्ने सहमति सहित बैठक सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी तथा कुमाउ जिल्लाका डिआईजि निलेश आनंद भरणेले जानकारी दिनु भयो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा, एसएसपी जनक राज पांडेय, कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपि श्याम सिंह चौधरी, चंपावतका डिएम विनीत तोमर, एसपी देवेंद्र पींचा, पीलीभीतका डीएम पुलकित खरे, एसएसपी दिनेश कुमार, उधम सिंह नगरका डीएम युगल किशोर पंत, एसपी मंजूनाथ टीसी, टनकपुरका एसडीएम हिमांशु कफलटिय, एआरटिओ सुरेंद्र कुमार, सीएमओ डा. केके अग्रवाल लगायत नेपाल तथा भारतका विभिन्न अधिकारीहरुको सहभागिता रहेको थियो । स्थानीय तहको निर्वाचन नजिकिएसंगै कञ्चनपुरमा पनि तयारीलाई तीव्रता दिइएको छ ।