नेकपा एमालेले कैलाली ११ पालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरू टुङ्गो लगाएको छ । प्रदेश कमिटीले पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो । टिकापुरमा श्याम खत्री र अनुपा केसी उम्मेदवार बन्ने भएका छन् । लम्की चुहामा महादेव बजगाईँ, जुना चौधरी उम्मेदवार बन्ने भएका छन् । घोडाघोडीमा ममता प्रसाद चौधरी करुणा बम उम्मेदवार बन्ने भएका छन् । गौरीगङ्गामा पदम सिंगाल शान्ति सिंह उम्मेदवार बन्ने भएका छन् । त्यस्तै गोदावरी नगरपालिकामा गोकर्ण भट्ट र शारदा रोकाया उम्मेदवार बन्ने भएका छन् । त्यस्तै भजनी नगरपालिकामा हर्क बुढा र तुलसी चौधरी, जोशीपुर गाउँपालिकामा केशर बहादुर डगौरा र रमा देशी भुल, कैलारी गाउँपालिकामा झुमा चौधरी र जालुराम चौधरी, बर्दगोरी गाउँपालिकामा कर्ण कुवर र इन्दु चौधरी उम्मेदवार बन्ने भएका छन् । अब चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ । यी दुवै पालिकामा पनि आइतबार नै उम्मेदवार छनोट गर्ने तयारी रहेको एमालेले जनाएको छ । धनगढी उपमहानगरपालिकामा शनिवार नै स्थानीय कमिटी बैठकले मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
Comments are closed.