नेपाली काँग्रेसले कञ्चनपुरका ९ वटै स्थानीय तहका प्रमुख उप प्रमुखका उम्मेदबार र ९२ वटै वडामा उम्मेदवार टुङग्यो

नेपाली काँग्रेसले कञ्चनपुरका ९ वटै स्थानीय तहका प्रमुख उप प्रमुखका उम्मेदबार र ९२ वटै वडामा उम्मेदवार टुङग्याएसंगै कतिपय नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् । लोकतान्त्रिक पाटीमा अलोकतान्त्रिक चरित्र र तानाशाही प्रवृति हावि भएको भन्दै नेता कार्यकर्ता बिरोधमा उत्रिएका छन । नेता कार्यकर्ताहरुले पाटीमा लामो समय काम गरेका ईमान्दार, उच्च नैतिकवान एव जनता, पाटीका लागि ईमान्दाररितापुर्वक काम गर्नेहरुलाई टिकट नदिएको भन्दै बागी उम्मेदवारी दिने र फरक पाटीलाई भोट दिने घोषणा समेत गर्नेक्रम बढ्दो छ । काँग्रेस असन्तुष्ट पक्षले निर्वाचन क्षेत्र नम्बर २ को काँग्रेस पाटी कार्यालयमा तालाबन्दी गर्नुका साथै शुक्लाफाँटा नगरपालिका अध्यक्ष लाल बहादुर सिह सहितका दर्जनौँ नेता कार्यकर्ताहरुले राजिनामा दिएको घोषणा गरेका छन । उहाहरुले आफ्नालाई पटक पटक हार्दा र जित्दा पनि अरुलाई अवसर नदिने, नेताको चाकडी गर्नेहरुलाई काँखी च्यापेको भन्दै असल काँग्रेस भनेर जुनी काटेका नेताहरुलाई पाखा लगाएको बताएका छन् ।

सम्बन्धित

Comments are closed.