कैलालीको धनगढीमा सत्ता गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका हुन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाहरुले मनोनयन दर्ता गरेका हुन् । वड नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ भने अधिकारी २०७४ सालको निर्वाचनमा माओवादीबाट उपप्रमुख पदमा पराजित हुनु भएको थियो ।
यस्तै धनगढी उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उहाहरुले मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन् । चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत हुन्। यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुनुहुन्छ । यस्तै आइतबार स्वतन्त्रबाट गोपाल हमाल र लोसपाबाट वसन्तबहादुर विश्वकर्माले मेयर पदमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

शुक्लाफाँटा खबर
5383 posts
Comments are closed.