नेपाल पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाको कार्यालयमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाको कार्यालयमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनको अग्रणी तथा सार्वजनिक संस्थाको रूपमा रहेको महासंघको कार्यालयमा प्रवेश गरी सभाकक्ष, स्टोर कक्ष, दराज जस्ता भौतिक संरचना र जिन्सी सामानमा क्षति पुरÞ्याउने कार्य सार्वजनिक अपराध भएको बताएको हो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति महासचिव रामसिंह ठगुन्नाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । ’’नेपाल पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाको कार्यालयमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिक आन्दोलनको अग्रणी तथा सार्वजनिक संस्थाको रूपमा रहेको महासंघको कार्यालयमा प्रवेश गरी सभाकक्ष, स्टोर कक्ष, दराज जस्ता भौतिक संरचना र जिन्सी सामानमा क्षति पुरÞ्याउने कार्य सार्वजनिक अपराध हो ।’’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै, विज्ञप्तिमा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भनिएको छ ।, ’’यस घटनाको निन्दा गर्दै प्रदेश समितिले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न माग गर्दछौँ । स्थानीय प्रशासन र प्रहरीको महासंघको कार्यालयमा तोडफोड गरिएको घटनाले स्थानीय शान्ति, सुरक्षा र अमन चयनमा बाधा गरेको ठहर गर्दै महासंघले सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, तोडफोड जस्ता अनैतिक कार्य नियन्त्रण गरी स्थानीय शान्ति, सुरक्षा र अमन चयन कायम गर्न प्रदेश समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौ ।’’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित

Comments are closed.