घटाल बहुमुखी क्याम्पसको उचित व्यवस्थापन हुन नसक्दा बन्द
उचित व्यवस्थापन गर्नुको सट्टा क्याम्पस नै सार्नका लागि पहल भई रहेको भन्दै विरोध
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको घटाल बहुमुखी क्याम्पसको उचित व्यवस्थापन हुन नसक्दा बन्द भएको छ । आर्थिक अभाव, विद्यार्थीको अभाव, जमिनको अभाव लगायतका विभिन्न कारणहरु देखाउदै वेदकोट नगरपालिकाको एक मात्र बहुमुखी क्याम्पस बन्द भएको हो ।
हाल सुडामा रहेको घटाल माध्यमिक विद्यालयको भवनमा बहुमुखी क्याम्पस सञ्चालनमा रहेको उक्त बहुमुखी क्याम्पसको उचित व्यवस्थापन गर्नुको सट्टा क्याम्पस नै सार्न षड्यन्त्र भई रहेको भन्दै वेदकोट नगरपालिकाका स्थानीयले आपत्ति जनाएका छन् । यस विषयमा बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहरासंग बुझ्दा उहाले विद्यार्थीको संख्या कम रहेको बताउदै घटाल बहुमुखी क्याम्पसमा अध्ययन गर्नका लागि भन्दै थोरै विद्यार्थीहरु पुगेका भएपनि ती विद्यार्थीहरुलाई जनज्योति क्याम्पसमा पठाइएको बताउनु भयो । यस शैक्षिक सत्रदेखि भने घटाल बहुमुखी क्याम्पस बन्द रहेको घटाल बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहराले जानकारी दिनु भयो ।
उहाले विद्यार्थीहरु पनि प्राय कञ्चनपुर सदरमुकाम महेन्द्रनगर स्थित क्याम्पसमा जान थालेका साथै विद्यार्थीहरु सुडा क्षेत्रमा त्यति बस्न नरुचाएको बताउदै क्याम्पसको आफ्नो स्वामित्वमा जमिन समेत नभएको बताउनु भयो । विद्यार्थीको संख्या पनि न्युन रहेको तथा बहुमुखी क्याम्पसका आफ्नो स्वामित्वको जमिन पनि नभएकाले क्याम्पस बन्द रहेको बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहराले बताउनु भयो । क्याम्पसको व्यवस्थापनका लागि के पहल गर्दै हुुनुहुन्छ त भन्ने प्रश्नमा बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहराले आफुहरुले घटाल बहुमुखी क्याम्पस बढि पायक पर्ने स्थानमा सार्नका लागि वेदकोट नगरपालिकासंग अनुरोध गरेको बताउनु भयो ।
यता वेदकोट नगरपालिकामा पनि आईतवार बसेको पहिलो पुर्ण कार्यपालिकाको बैठकले घटाल बहुमुखी क्याम्पस कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । तर नाम नबताउने शर्तमा एक जना कार्यपालिका सदस्यले भने घटाल बहुमुखी क्याम्पसका तर्फबाट नगरपालिकालाई पत्र आएको र सो पत्रका आधारमा कार्यपालिका बैठकमा छलफल भएको बताउनु भयो । सो सम्बन्धमा के निर्णय गरियो त भन्ने प्रश्नमा ती कार्यपालिका सदस्यले दैजीदेखि लिएर सुडाको क्षेत्रमा राजमार्गलाई छुने किसिमले क्याम्पस सार्ने विषयमा समेत छलफल भएको बताउनु भयो ।
यता वेदकोट नगरपालिकाका स्थानीयले भने स्थापना गरिएको क्याम्पसको उचित व्यवस्थापनमा ध्यान दिनुको सट्टा क्यापम्स सार्ने सम्मका विषयहरु बाहिर आउनु दुखद भएको बताउदै त्यसको विरोध जनाएका छन् । क्याम्पस व्यवस्थापन समितिदेखि सरोकारवालाहरुले वेदकोट नगरपालिकाको एक मात्रै बहुमुखी क्याम्पस घटाल बहुमुखी क्याम्पसको विकासका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसक्नु दुखद भएको भन्दै स्थानीयहरुले यसमा कुनै स्वार्थ पो लुकेको छ कि भन्दै आशंका समेत व्यक्त गरेका छन् ।
Comments are closed.