कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकामा गएको बिहीवारदेखि सुरु भएको बाल विवाह लैंगिक हिंसा र छाउपडी न्युनिकरणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आईतवार सम्पन्न भएको हो । मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको आयोजनामा कञ्चनपुरको बेदकोट नगरपालिकाको समन्वयमा र फिमीको सहयोगमा बाल विवाह लैंगिक हिंसा र छाउपडी न्युनिकरणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम विहिवार देखि सुरु भएको थियो । मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको अध्यक्ष सिता चौधरीको सभाध्यक्षमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष रत्न सिंह विष्ट रहनु भएको थियो । विशिष्ट अतिथि मुक्त कमलरी विकास मञ्च केन्द्रिय सदस्य शान्ती चौधरी रहनु भएको थियो । कञ्चनपुरका विभिन्न पालिकाका ग्रामिण क्षत्रमा विवाह लैंगिक हिंसा र छाउपडी न्युनिकरण गर्ने मुख्य उदेश्यले एक दिने अभिमुखीकरण कार्यक्रमका सञ्चालन गरिएको मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले जनाएको छ । सो कार्यक्रमका प्रशिक्षक सामाजिक अभियन्ता चन्द्र सुनार रहनु भएको मुक्त कमलरी विकास मञ्च केन्द्रिय सदस्य शान्ती चौधरीले बताउनु भयो । साथै कञ्चनपुरको बेदकोट नगरपालिकाका विभिन्न वडाका आदिवासी जनजाती लगायतका मुक्त कमलरी र दलित महिलाहरु अभिमुखीकरण कार्यक्रममा सहभागी रहेका आदिवासी जनजाती महिलाहरुको आर्थिक सशक्तिकरण परियोजनाका कार्यक्रम संयोजक दुर्गा चाड कुवरले बताउनु भयो ।
यसैगरि कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ५ को विचफांटामा बाल विवाह लैंगिक हिंसा र छाउपडी न्युनिकरणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रवार सञ्चालन गरिएको छ ।
मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको अध्यक्ष सिता चौधरीको सभाध्यक्षमा सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ५का वडा अध्यक्ष चित्र देव भट्ट रहनु भएको थियो । सो कार्यक्रममा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ५ का आदिवासी जनजाती लगायतका मुक्त कमलरी र दलित महिलाहरु अभिमुखीकरण कार्यक्रममा सहभागी रहेका थिए । साथै उक्त कार्यक्रममा वार्षिक पारिश्रमिकबाट १० हजार कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ५ का मुक्त कमलरी आदिवासी जनजाती महिलाहरुलाइ आर्थिक सशक्तिकरणका लागि प्रदान गर्ने कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ५का वडा अध्यक्ष चित्र देव भट्टले व्यक्त गर्नु भयो ।
यसैगरि कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर २ मा बाल विवाह लैंगिक हिंसा र छाउपडी न्युनिकरणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सयपत्री महिला समुहका कञ्चनपुरको अध्यक्ष छंगी डंगौराको सभाध्यक्षमा समापन भएको कार्यक्रमको प्रमुख अतिथि कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष नरेश बहादुर सिंह रहनु भएको थियो । सो कार्यक्रममा जना मुक्त कमलरी र आदिवासी जनजाति महिलाहरु लगायत ३२ जना सहभागी रहेको आदिवासी जनजाती महिलाहरुको आर्थिक सशक्तिकरण परियोजनाका कार्यक्रम संयोजक दुर्गा चाड कुवरले बताउनु भयो । साथै कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर २ का मुक्त कमलरी आदिवासी जनजाती महिलाहरुलाइ आर्थिक सहयोग गर्ने कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष नरेश बहादुर सिंहले प्रतिवद्धता जनाउनु भयो ।
Comments are closed.