४० लाख बराबर मूल्यको अबैध कपडा बरामद

युके १८ सिए ४८९२ भारतिय नम्वर प्लेटको महिन्द्रा ब्लोरो जिपमा रहेको अबैध कपडा बरामद

माहाकाली नगरपालिकाको सिमा क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख बराबर मूल्यको अबैध कपडा सहित महिन्द्रा ब्लोरो जिप बरामद गरेको छ ।

आज बिहान ५ बजे सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीको कमाण्डमा गएको गस्ती टोलीले माहाकाली नगरपालिका वडा नं. १ नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा युके १८ सिए ४८९२ भारतिय नम्वर प्लेटको महिन्द्रा ब्लोरो जिपमा रहेको अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु फरार भएका बताईएको छ् । नेपालबाट भारत लग्न लागेको अवस्थामा सशस्त्र प्रहरीले उक्त कपडा सहित जिप बरामद गरेको बताईएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारी अनुसार सुराकीको आधारमा अबैध समान सहित जिप बरामद गरेको बताएका छन् ।

आज बिहान बरामद गरेको जिप सहित समान सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीमा राखिएको छ ।

समाचार तयारपारुञ्जेल बरामद अबैध कपडा र भारतिय नम्वर प्लेटको जिपलाई भान्सार कार्यालय गड्डाचौकी पुर्‍याउने तयारी भइरहेको छ् ।

सशस्त्र प्रहरीले यो पटक भने अझै सम्मको ठुलो परिणाममा अबैध समान बरामद गरेको बताईएको छ् । माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्र भएको कारण भन्सार छली सिमा क्षेत्रमा समान ओसारपसार हुदै आएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीमा प्रहरी निरिक्षकको रामसिंह भण्डारी आएपछि सिमा क्षेत्रमा भन्सार छली अबैध समान ओसारपसार गर्ने ब्यापारीहरुमा कडाई गर्न थालेका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.