शिक्षा खोज्नका लागि पुग्ने विद्यार्थीहरु पानी खोज्न बाध्य


कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ जडेपानी, चादनीफाँटामा रहेको सरस्वती आधारभुत विद्यालयमा विद्यार्थीहरुका लागि खानेपानीको समस्या भएको छ । गर्मीयाममा विद्यार्थीहरुलाई झन बढी पानीको आवश्यकता पर्ने समयमा विद्यालयमा भएका नल तथा धाराको उचित व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरु खानेपानीका लागि विद्यालय नजिकका घरमा पुग्नुपर्ने बाध्यता रहेको छ ।

 शिक्षक कर्मचारीका लागि कार्यालय सहयोगीलाई विद्यालय नजिकैको घरबाट बाल्टिनमा पानी बोकेर ल्याइने गरेको भएपनि विद्यार्थीहरु भने खानेपानी खोज्दै पढाई छोडेर विद्यालय नजिकका घरघरमा जानुपर्ने बाध्यता रहेको छ । विद्यालयमा खानेपानी ट्यांकी निर्माण गरिएको भएपनि त्यसबाट खानेपानीको आपुर्ति नभई रहेको हो । यस्तो चर्काे गर्मीयाममा विद्यालयमा खानेपानी नहुदा आफुहरु पानी पिउनकै लागि पढाई छोडेर गाउका घरहरुमा पुग्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरुको गुनासो छ । साथै त्यसरी पानी पिउन जादा कतिपय घरमा समेत नल सुकेको पाइने हुदा झनै समस्या हुने गरेको विद्यार्थीहरुको गुनासो छ ।

 विद्यालयमा खानेपानीको समस्या समाधानका लागि के पहल गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा सरस्वती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीर बहादुर ऐरले भने केही दिनमा खानेपानीको समस्या समाधान हुने बताउनु भयो । सामाग्रीहरु मगाइएको र खानेपानीको समस्या समाधानका लागि पहल भई रहेको दाबी गर्नु भयो । तर यता स्थानीयहरुले भने विद्यार्थीहरुको खानेपानीको समस्या समाधान गर्नका लागि हप्तौसम्म पहल नगर्नु विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन तथा अन्य सरोकारवालाहरुका लागि दुखद कुरा भएका बताएका छन् । विद्यार्थीहरुको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको खानेपानीको व्यवस्थापन यथाशीघ्र गर्नुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।

सम्बन्धित

Comments are closed.