सडक दुर्घटना सम्बन्धी चालक तथा सह चालकहरूलाई अभिमुखीकरण कार्यक्रम..

कैलालीको धनगढीमा सडक दुर्घटना सम्बन्धी चालक तथा सह चालकहरूलाई अभिमुखीकरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनगढी कैलालीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा विभिन्न प्रा.लि.का चालक सह–चालक, विभिन्न विद्यालयका चालक सह–चालक, ट्याङ्कर, ट्रकका चालक सह–चालकहरू लाई सवारी दुर्घटना न्यूनीकरण गर्न चालक तथा सह–चालकको भूमिका, काम कर्तव्य, असल चालकका गुण तथा सवारी दुर्घटना न्यूनीकरणमा चालक तथा सह–चालको भूमिका बारे अभिमुखीकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लाल बहादुर धामीको अध्यक्षता र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख वकिल बहादुर सिंहको उपस्थितिमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.