सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा प्रमुख व्यापारिक केन्द्र धनगढीमा भाटभटेनीले सुपरमार्केट सञ्चालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा शुक्रबारदेखि २३ औं शाखाका रुपमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा ल्याइएको हो ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एक कार्यक्रमका बीच सुपरमार्केटको उद्घाटन गरेका छन् ।
सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले करिब सवा २ अर्ब रुपैयाँको लगानीमा नयाँ शाखा स्थापना गरिएको बताए ।
उनकाअनुसार उक्त सुपरमार्केटभित्र सिनेमा हल, खाद्यान्न, कपडा, भाँडाबर्तन, खेलकुद लगायतका सामग्री पाइनेछन् । यहाँ कम्तीमा पनि दुई सय २५ जना स्थानीयले रोजगारी पाउने गुरुङले बताए ।