अछामका युवा उद्यमी शाह अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो ।

मन्त्रालयले आज शनिवार शाहलाई पर्यटन दूतमा नियुक्त गरिएको पत्र प्रदान गरेको छ । मन्त्रालयका सह–सचिव होमप्रसाद लुइँटेलले शाहलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो ।

शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायहरूसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नु हुनेछ । शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत हुनुहुन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.