परिचयात्मक तथा समिक्षा गोष्ठी शनिवार सम्पन्न

  कञ्चनपुरको वेदकोट नगरपालिकामा एक दिने परिचयात्मक तथा समिक्षा गोष्ठी शनिवार सम्पन्न भएको छ । आदिवाशी जनजाति महिलाहरुको लागि आर्थिक शसक्तिकरण परियोजना अन्तरगत एक दिने परिचयात्मक तथा समिक्षा गोष्ठी कञ्चनपुरको बेदकोट नगरपालिकामा शनिवार सम्पन्न भएको हो ।   मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको अध्यक्ष सिता चौधरीको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो । विशिष्ट अतिथि बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी, मुक्त कमलरी विकास मञ्च केन्द्रिय सदस्य शान्ती चौधरी, कमैया महिला जागरणका केन्द्रिय सदस्य रमा चौधरी रहनु भएको थियो ।

  अतिथिहरुमा कार्यपालिका सदस्य प्रकाश दमाई, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष नरेश सिंह, वेदकोट नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रत्नसिंह बिष्ट,  वडा नम्वर १० का वडा अध्यक्ष सदस्य लुहार, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष हेमन्ती चौधरी रहनु भएको थियो । कञ्चनपुरको वेदकोट नगरपालिकाको समन्वयमा र फिमीको आर्थिक सहयोगमा भएको कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्वर २, ५ र १० का मुक्त कमलरी र आदिवासी जनजाति महिलाहरुको सहभागिता रहेको थियो । सो परिचयात्मक तथा समिक्षा गोष्ठीमा मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले वेदकोट नगरपालिकामा सम्पन्न गरिएका मुक्त कमलरी, आदिवासी जनजाति महिलाहरुको लागि गरिएको आर्थिक शसक्तिकरण, शैक्षिक, स्वरोजगार, सिपमुलक कार्यक्रम, लगायतका विषयमा समिक्षा गरिएको मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले जनाएको छ ।

 परिचयात्मक तथा समिक्षा गोष्ठीमा फिमी संस्थाको सामान्य परिचय, संस्थाको पृष्ठभुमी, परिकल्पना, लक्ष्य, उदेश्य लगायतका बुदाहरुमा आदिवासी जनजाति महिलाहरुको लागि आर्थिक शसक्तिकरण परियोजनाका कार्यक्रम संयोजक दुर्गा चाड कुवरले प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा कञ्चनपुरको बेदकोट नगरपालिकाद्धारा मुक्त कमलरी, आदिवासी जनजाति महिलाहरुलाई पूर्ण रुपमा सहयोग गर्ने कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर प्रमुख भोजराज बोहराले व्यक्त गर्नु भयो । यसैगरी मुक्त कमलरीहरुको पक्षमा आफ्नो साथ र सहयोग हुने विशिष्ट अतिथि वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बताउनु भयो । कार्यक्रमको सञ्चालन फिमी परियोजनाका कर्मचारी लक्ष्मी रानाले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.