७ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न

विपन्न वर्ग तथा महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिका प्रतिवद्ध : नगर उपप्रमुख जोशी

  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ दैजीमा ७ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ । यही जेठ २३ गतेदेखि सुरु भएको तालिम आईतवार जेठ २९ गते सम्पन्न भएको हो । कञ्चनपुरको वेदकोट नगरपालिकाको आर्थिक सहयोग तथा विपन्न महिलाको लागि जीविकोपार्जन तालिम तथा कार्यक्रमको आयोजनामा सम्पन्न उक्त तालिममा विपन्न महिलाहरुको सहभागिता रहेको थियो ।

  तालिमको समापन कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले तालिमका लागि मात्रै तालिम नभई सिकेको सीपलाई व्यावसायिक रुपमा आत्मसाथ गर्न सक्यो भने महिलाहरु आत्मनिर्भर हुन सक्ने बताउनु भयो । साथै उहाले व्यावसायिक रुपमा अगाडि बढ्न महिलाहरुलाई आग्रह गर्दै महिलाहरु आर्थिक रुपमा सबल भएमा महिला हिंशा पनि न्युनीकरण गर्नमा सहयोग पुग्ने बताउनु भयो ।

 अति विपन्न महिलाहरुको विकासका लागि र विपन्न महिलाहरुलाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि वेदकोट नगरपालिका तयार रहेको वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.