कैलाली उद्योग वाणिज्य संघमा पुष्पराज कुँवर प्यानलसहित विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि प्यानलसहित विजयी भएका हुन्।
अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र राठीलाई ३२३ मतले पराजित गर्दै कुँवर अध्यक्षमा दोहोरिए। उनले ६७८ मत प्राप्त गरेर विजयी हुँदा राठीले ३५५ मत पाएका छन्।
वरिष्ठ उपाध्यक्षमा प्रतिद्वन्द्वी हरिशंकर ठाकुरलाई हराउँदै पुष्करराज ओझा दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। उपाध्यक्षमा कुँवर प्यानलकै दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो। १६ सयभन्दा बढी मतदाता रहे पनि १ हजार ९५ जनाले मात्रै मतदान गरेका थिए।
Comments are closed.