शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ। टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ।
टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टलेअप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको जानकारी दिए। सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन्। टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जनिियर प्रकाश भट्टले अप्टिकल ब्रेक भएका ठाउँमा मर्मत चलिरहेको बताए।
अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ।