आर्थिक वर्ष २०७९\८० को बजेटमा बैतडीका विभिन्न क्षेत्र समेटिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा बैतडीका विभिन्न क्षेत्र समेटिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा प्रस्तुत गर्नु भएको बजेट बैतडीका सडक, क्याम्पस, विद्युत लगायतका क्षेत्रहरु समेटिएका हुन् । सुदूरपश्चिम प्रदेशको गौरवका रुपमा रहेको बैतडीका विभिन्न सडकहरुमा १ अर्ब ५३ करोड रुपैया बजेट विनियोजन गरिएको छ । जसमा बैतडीका दुई सडकहरु सतबाँझ –श्रीभावर–हाट र पाटन –पञ्चेश्वर सडकहरुमा पनि बजेट विनियोजन भएको हो । एक जिल्ला एक नमूना क्याम्पस कार्यक्रम अन्र्तगत नमूना क्याम्पसका रुपमा स्तरोन्नती गर्न छनौट भएका सुदूरपश्चिम प्रदेशभरीका क्याम्पसको लागि १ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । नमूनका रुपमा छनौट भएको बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको क्षमता विकास र संस्थागत सुधार गरिने जनाएको छ । बैतडीको सुर्नया नदीमा जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजना अगाडी बढाउनका लागि आवश्यक बजेट विनियोजन गरिएको रावलले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.