डोटीमा चितुवाको आक्रमणबाट आमा छोरी घाइते

डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया पार्वती विक र उहाँकी तीन वर्षीया छोरी लक्ष्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी एवम् प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान घरभित्र पसेर चितुवाले आक्रमण गरेको थियो ।

पार्वतीको बायाँ हातको पाखुरा तथा टाउकोमा र उहाँकी छोरी लक्ष्मीको घाँटी र टाउकोमा चोट लागेको छ । घाइते आमा छोरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.