कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालन गर्न प्रधानमन्त्री देउवासंग माग

कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनको माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ को नेतृत्वमा धनगढीको देउवा निवासमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

समितिले गेटा मेडिकल कलेजलाई तत्काल ३ सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने र मेडिकल विश्वविद्यालय स्थापना गर्न तत्काल संसदमा विधेयक ल्याई लागू पर्नुपर्ने माग राखेको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तीन सय शैयाको अस्पताल सञ्चालनमा आउने बताउनु भयो । यस्तै प्रतिस्ष्ठान वा मेडिकल विश्वविद्यालय बनाउनका लागि पनि प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.