कैलालीको धनगडी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा धनगढीको विकास निर्माणमा सहकार्य गर्ने प्रधानमन्त्री शेर बहादुर देउवा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताउनु भएको छ ।
धनगढीको डुबान, कटान तथा फोहोरमैला व्यवस्थापन गरी विकसित नगर बनाउन तीनै तहका सरकार प्रमुखहरुले सहकार्य गर्ने बताउनु भएको हो । धनगढीको समग्र विकासका लागि आवधिक योजना निर्माणको चरणमा रहेकोले विकासका लागि साझेदारी गर्न प्रदेश र संघ सरकारलाई कैलालीको धनगडी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आग्रह गर्नु भएको थियो। सुरक्षित धनगढीका लागि सार्वजनिक खोला, नाला, कुलो तथा तालहरुको अतिक्रमण खाली गराउने योजना कैलालीको धनगडी उपमहानगरपालिकाले कार्यान्वयन गरिरहेको छ। सोही अभियानलाई प्रदेश र संघ सरकारको पनि सहयोग रहेको बताएको छ।
अन्य प्रदेशका नागरिक तथा पर्यटकले धनगढीको विकास हेरेर सुदूरपश्चिमप्रतिकोे धारणा बनाउने भएकाले नमूना धनगढी बनाउने उहारुले बताउनु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९\८० मा कैलालीको धनगढीको मुख्य सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ। तसर्थ सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको विकासका लागि कुनै कमि नराख्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भटले बताए। उहाले धनगढीको विकासका लागि प्रदेश सरकारले गर्नुपर्ने कुरामा कुनै कमी नरहने धनगढीको अतिक्रमित क्षेत्र खाली गराउन तथा नदी कटान रोक्न संघ सरकारले समेत सहयोग गर्ने बताउनु भयो ।
कैलालीको धनगढीमा भएका सबैखाले अतिक्रमण हटाएर नगरको समग्र पक्षको विकास गर्न सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताए। उहाले कहिलेकाँही राम्रो कामका लागि स्टोङ मेजर अपनाउनै पर्ने भन्दै धनगढी सुन्दर रहेका र धनगढीलाई थप सुन्दर बनाउन संघीय सरकारको सहयोग रहने बताउनु भयो ।
Comments are closed.