सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा पनि पाठ्यपुस्तकको अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक अझै पुगेका छैनन । बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै बैतडीमा पुगेका छन् ।
सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीहरुले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेको छ । विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको बैतडीको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताउनु भयो । नयाँ शैक्षिक सत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ ।
उहाले विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक नपुगेका बताउदै पाठ्यक्रम हेरेर अध्यापन गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै बैतडीमा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनु भयो ।
Comments are closed.