पर्यटकको रोजाईमा पोखरीकटेज…..

कञ्चनपुरको वेदकोट नगरपालीका वडा नम्बर ७ मा रहेको पोखरी कटेज पछील्लो समय आन्तरीक पर्यटकको रोजाईमा पर्ने गरेको छ । कटेज स्थल वरपर फरक व्यवस्थापन सहित आर्कषक दृश्यहरु निर्माण गरीएपछी पोखरी कटेज आन्तरीक पर्यटकको रोजाईमा पर्न थालेको हो । महेन्द्रनगर बजार नजीकै वेदकोट नगरपालीका वडा नम्बर ७ को सुडा बजारबाट एक सय मिटर दक्षीणतर्फ अवस्थीत उत्त कटेजमा अहिले दैनीक आठ सय भन्दा बढी व्यत्तिहरु पस्ने गरेका छन् ।

 

 

सुदूरपश्चिमका पहाडी जिल्ला,कैलाली तथा कञ्चनपुरकासाथै लुम्बीनी प्रदेशको बर्दीयाबाट समेत पर्यटकहरु पोखरी कटेज घुम्नकालागी पुग्ने गरेका छन् । कटेजको मुख्य आकर्षणको रुपमा मिनी झरना र राना महिलाको मुर्ती रहेको कटेजका संचालक कृष्ण रानाले बताए । २०७३ सालमा एउटा रेष्टुरेन्टबाट सुरु गरीएको पोखरी कटेजमा ग्राहकको आवश्यकता र चाहना महसुुुस गर्दै अहिलेको अवस्थासम्म पुर्याएको रानाले बताए ।

 

अहिले अढाइ बिघा जमीनमा फैलीएको उत्त कटेजमा मिनी झरना,राना पहिरन सहितको महिलाको मुर्ती ओटा थारु समुदायले प्रयोग गर्दै आएको लढीया, माछा पोखरी हेर्न सकिन्छ भने ७० ओटा खानाका परीकार पाइन्छन् । कटेजका धेरै संरचनाहरु बन्न बाँकी नै रहेको रानाले बताए ।

 

 

उनले कुखुरा पालन,बायोफ्लग प्रविधीबाट माछा पालन समेत कटेज भित्रै गरेका छन् । केहि कृषी फर्महरु निर्माणधिन अवस्थामै छन् । कुक,सर्भिस,गार्डेन,अकाउन्ट,सेक्युरेटी लगायत गरी ४८ गरी कर्मचारी छन् ।

 

 

सम्बन्धित

Comments are closed.