बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतवार एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । वडा नम्बर १ देखि ११ सम्मका सबै २३ महिनामुनिका बालबालिकाहरूले सबै खोप प्राप्त गरिसकेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिंहले बताउनुभयो ।

कामको सिलसिलामा विदेश जानेको सङ्ख्या धेरै भएकाले उनीहरूका छोराछोरी छुटेको आशङ्का गरिएको उनीहरूलाई पनि खोप दिन आवश्यक रहेको नगरपालिकाका मेयर चेतराज बजालले बताउनुभयो ।

बालबालिकाहरू खोजी–खोजी खोप लगाउने स्वास्थ्यकर्मीलाई उहाँले धन्यवाद दिनुभयो । सरकारको नियमित कार्यक्रमअन्तर्गत नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । यो वर्ष जयपृथ्वी नगरपालिका जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चित गर्ने पालिका बनेको छ । नगरपालिकाभित्रका जन्मेदेखि १५ महिनाभित्रका तीन सय नौ र १५ महिनादेखि २३ महिनाभित्रका तीन सय १६ जना बालबालिकाले खोप पाएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.