सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १२ गते बस्ने भएको छ। सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित भएपछि बैठक असार १२ गते बस्ने भएको हो । प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर प्रदेश सभाको बैठक स्थगित भएको जनाएको हो।
बुधबारको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो। प्रदेश सरकारले ल्याएको रातो पुस्तिकामा थुप्रै त्रुटिका साथै आर्थिक सुशासन विपरितका गतिविधि देखिएको भन्दै सत्तापक्षकै प्रदेशसभा सदस्यले असन्तुष्टी प्रकट गर्नु भएको हो ।
प्रक्रिया विपरित आएका योजना सच्याउनु पर्ने भन्दै बजेटमा प्रदेश सभा सदस्यको असन्तुष्टि रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक अक्कल रावलले बताउनुभयो। उहाँका अनुसार कतिपय योजना बजेटको सिद्धान्त विपरित रहेको छ। प्रक्रिया विपरित आएका योजनाहरु सच्याउन माग गरिएको उहाँले बताउनुभयो।
Comments are closed.