बूढीगङ्गा बाजुरा नगरपालिकाका उम्मेरदवारलाई किसानको धान रोप्ने बेलामा भोट माग्ने चटारो

असार २३ गते हुने स्थानीय तहको निर्वाचनका लागी बाजुराको बूढीगङ्गा नगरपालिकाका उम्मेरदवारलाई किसानको धान रोप्ने बेलामा भोट माग्ने चटारो परेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बाजुराको बुढीगङ्गा नगरपालिकामा धाँधली भएको भन्दै असार २३ गते पुनः निर्वाचन हुने भएपछि उम्मेदवारलाई चुनावी चटारो परेको हो । बुढीगङ्गा, नगरपालिकाका विभिन्न राजनीतिक दलहरुले गाउँ गाउँमा आफ्नो चुनावी अभियान तीव्र पारेका छन् ।

यतिबेला नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका पार्टीका उम्मेदवार जनताका घरदैलोमा पुगेर विभिन्न आश्वासन दिदैँ मतदातासँग मत माग्न व्यस्त हुनुभएको छ । बाजुराको बुढीगङ्गा नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखमा रङ्गबहादुर खाती उपप्रमुखमा रिता शाही, एमालेबाट प्रमुखमा रामबहादुर बाँनिया र उपप्रमुखमा माया कुँवर उम्मेदवार रहनुभएको छ ।

राजनीतिक दलहरुले पालिकाको समग्र विकासलाई पहिलो एजेण्डा बनाएर सोहीअनुसार घरदैलोमा पुगेर मतदातासँग मत मागिरहनुभएको छ । असार २३ गते हुने स्थानीय तहको निर्वाचनमा बाजुराको बुढीगङ्गा नगरपालिमा १३ हजार ६५९ जना मतदाताले मतदान गर्नुहुनेछ । बुढीगङ्गा नगरपालिमा हुने निर्वाचनका लागि १० वटा मतदान स्थल, १९ वटा उपमतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.