सुदूरपश्चिम प्रदेशमा किसानले रोपाइँ सुरु गरे….

सुदूरपश्चिम प्रदेशको लागि अन्न भण्डार मानिने तराईमा किसानले रोपाइँ सुरु गरेका छन् । रोपाइँका लागि पर्याप्त हुने पानी नपर्दा पनि अन्य उपाय गरी कैलाली, कञ्चनपुरका किसानले रोपाइँ सुरु गरेका हुन । सुदूरपश्चिम प्रदेशमा अझै मनसुन आइपुगेको छैन । तर, ब्याड तयार भएपछि किसानले रोपाइँ गर्न थालेका छन् ।

मनसुनले अझै साथ नदिए पनि पानीको बोरिङले सिचाइँ गरेर रोपाइँ गर्न थालेको कैलालीको कैलारी गाउँपालिका–७ मोहनपुरका रामप्रसाद पल्परियाले बताउनुभयो । उहाले ‘ब्याड तयार भएकाले रोपाइँ गर्न थालिसकेको बताउनु भयो । कैलालीको पूर्वी क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट केही खेत सिञ्चित हुनेगरेको छ । तर कैलालीको अत्यधिक ठाउँमा सिंचाइ सुविधा छैन । त्यस्ता ठाउँका किसान बोरिङ वा आकाशे पानीको भरमा खेतीपातीको काम गर्दैआएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने बताए पनि सुदूरपश्चिममा मनसुन भित्रिइसकेको छैन । अहिलेसम्म हल्का वर्षा हुनुबाहेक सुदूरपश्चिममा मुसलधारे पानी परेको छैन । ‘वर्षा नभएपछि बोरिङले सिँचाइ गरेर रोपाइँ थालिसकेका अर्का किसान कैलालीको धनगढी उपमहानगरपालिका –२ शिवनगरका सङ्गत चौधरीले बताउनु भयो । त्यसो त यो वर्ष किसानले आवश्यकतानुसार रासायनिक मल पनि प्राप्त गर्न सकेका छैनन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.