सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९\८० का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत
असार १० गते सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९\८० का लागि नीति, कार्यक्रम र बजेट ल्याएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८४ करोडको बजेट ल्याएको छ। शुक्रबार सम्पन्न ११ औं नगरसभामा आर्थिक वर्ष २०७९\८० नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा उक्त बजेट प्रस्तुत गरिएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा ‘एक वडा एक खेल मैदान’, ’एक वडा एक उद्यम’, ’दक्ष महिला समृद्ध परिवार’, उत्कृष्ट व्यावसायिक किसान नगरको सानजस्ता आकर्षक योजनाहरु अघि सारिएका छन्। नीति तथा कार्यक्रममा कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले २५३ वटा योजनाहरु प्रस्तुत गर्नु भएको हो । नगरपालिकाले आन्तरिक राजस्वबाट २३ करोड बढी संकलन गर्ने लक्ष्य समेत राखेको छ। यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ अर्व ६ करोड ९४ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थीक बर्ष २०७९\८० को नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा सो बजेट पेश गरेको हो । नीति तथा कार्यक्रममा ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग, आत्मनिर्भर कृष्णपुरमा श्रोतको सदुपयोग’ जस्ता योजना रहेका छन ।
नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख हेमराज ओझाले निर्वाचनको समयमा गरिएका चुनावी बाचा पुरा गर्ने वाचा सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए । नीति तथा कार्यक्रममा युवा स्वरोजगारका लागि कृषिलाई मुख्य प्राथमिकता दिइने उल्लेख गरिएको छ । जसका लागि सामुहिक खेतीमा प्रोत्साहन गरिने कार्यक्रम ल्याइएको छ ।