डडेल्धुराको अमरगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको छ
डडेल्धुराको अमरगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको छ। डडेल्धुराको अमरगढी नगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमममार्फत् सो बजेट पेस गरिएको हो। नगरपालिकाको नीति तथा कार्यक्रम वडा नं १० का अध्यक्ष खेमराज भट्टले प्रस्तुत गर्नु भएको हो । डडेल्धुराको अमरगढी नगरपालिकाले कूल बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकासका क्षेत्रमा छुट्याएको छ।
नगरले पूर्वाधार विकासमा २३ करोड १० लाख बजेट विनियोजन गरेको छ। सामाजिक विकासमा २१ करोड ५० लाख ९६ हजार, संस्थागत सुशासन विकास र प्रशासनिक खर्चमा १५ करोड ४६ लाख, आर्थिक विकासमा २ करोड ६० लाख र वन वातावरण क्षेत्रमा १ करोड २५ लाख विनियोजन गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा शसर्त अनुदानबाहेकको बजेटबाट उपभोग तथा चालु प्रकृतिका कार्यक्रमहरूलगायतका खर्च व्यवस्थापनको लागि कूल १३ करोड १ लाख ५० हजार चालुतर्फ, पूँजीवृद्धि तथा विभिन्न विकास निर्माणका लागि कूल १२ करोड ७६ लाख ४६ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ।
यस्तै डोटीको केआई सिंह गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि ४० करोड ६३ लाख ५८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। डोटीको केआई सिंह गाउँपालिकाका उपाध्यक्ष मिना विष्टले गाउँसभामा बजेट प्रस्तुत गर्नु भएको हो। एमबीबीएस डाक्टर नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिकाले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्नेदेखि गाउँपालिकालाइ ५ वर्षभित्र तरकारीमा आत्मनिर्भर बनाउने सम्मका योजना ल्याएको छ।
Comments are closed.