पर्यटन प्रवद्र्धनका लागि पत्रकारहरुको शुक्लाफाँटा भ्रमण कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

पर्यटन प्रवद्र्धनका लागि सबैले लाग्नुपर्नेमा सरोकारवालाहरुको जोड

 बुधवार पर्यटन प्रवद्र्धनका लागि पत्रकारहरुको शुक्लाफाँटा भ्रमण कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको आयोजना तथा उद्योग वन तथा वातावरण मन्त्रालय सुदुरपश्चिम प्रदेशको सहकार्यमा उक्त कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

 उक्त कार्यक्रममा सभाअध्यक्ष नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल रहनु भएको थियो भने प्रमुख अतिथि सुुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी रहनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यदेखि लिएर, प्रदेश समितिका पदाधिकारी, दार्चुला, डोटी, डडेल्धुरा जिल्ला अध्यक्ष, कैलाली र कञ्चनपुरका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटन क्षेत्रको प्रवद्र्धनमा पत्रकारहरुको विशेष भुमिका रहने भएकाले पत्रकारहरुले अन्य सरोकारवाला पक्षसंग समन्वय गर्दै पर्यटन क्षेत्रको विकासमा भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

 कार्यक्रममा बोल्दै सो कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले सुदुरपश्चिम प्रदेश पर्यटकीय सम्भावना बोकेको प्रदेश भएपनि अपेक्षित पर्यटकीय विकास हुन नसकेको बताउदै अब पर्यटकीय क्षेत्रको विकासका लागि पत्रकारहरुले पनि विशेष भुमिका खेल्नुपर्ने बताउनु भयो । साथै उहाले कानुनी तथा राजनीतिक समस्याका कारण सुदुरपश्चिम प्रदेशमा पर्यटकहरु भित्रिन नसकि रहेको बताउनु भयो ।

 पत्रकारहरुसंगको अन्र्तक्रियात्मक गोष्ठी पश्चात शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण समेत गराइएको थियो ।

सम्बन्धित

Comments are closed.