सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९\८० को बजेटको विरोध…

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९\८० को बजेटको ठूलो अंश कैलाली र कञ्चनपुरका विभिन्न योजनाका लागी छुट्याइएको छ । कैलाली र कञ्चनपुरमा आगामी आर्थिक वर्षका लागि ६५ प्रतिशत पूर्वाधारका योजनामा बजेट विनियोजन गरिएको हो ।

सुदूरपश्चिम सरकारले ल्याएको बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक पूर्वाधार विकास तर्फको बजेट वितरणमा भौतिक पूर्वाधार विकास मन्त्री र आर्थिक मामिला मन्त्रीको गृह जिल्ला कैलाली र कञ्चनपुरमा पूर्वाधार विकास तर्फका ६ सय ९७ योजना समेटिएका छन्। त्यस्तै वार्षिक विकास कार्यक्रम पुस्तिकामा प्रदेशभर सडक पूर्वाधारका १ हजार ६७ योजना समेटिएका छन्।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गर्नेगरी तयार भएका ती योजनामा कैलाली र कञ्चनपुरमा अन्य जिल्लाको तुलनामा बढी बजेट राखिएको छ। प्रदेशका अन्य ७ जिल्लाका भन्दा कैलाली र कञ्चनपुरमा बजेट सन्तुलित र समावेशी नभएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक लीलाधर भटले बताए।

प्रतिपक्षी दलका सांसदले मात्रै बजेटको विरोध नगरेर सत्ता पक्षका सांसदले पनि सेटिङमा बजेट ल्याउने काम भएको भन्दै विरोध गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीको गृह जिल्ला कैलालीका ३ सय ६८ सडक निर्माणका योजनामा १ अर्ब ३ करोड ९४ लाख रुपैया बजेट छ भने आर्थिक मामिला मन्त्री प्रकाश रावलको गृह जिल्ला कञ्चनपुरका ३ सय २९ सडक योजनामा १ अर्ब १३ करोड २० लाख बजेट विनियोजन गरिएको छ। ….

सम्बन्धित

Leave A Reply

Your email address will not be published.