सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी ( ई–पासपोर्ट ) सेवा बन्द भएको छ । बैतडी सहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी ( ई–पासपोर्ट ) सेवा बन्द भएको हो । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गरी विद्युतीय राहदानी सेवा बन्द भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभाग बाट जानकारी आएको जानकारी दिनु भएको छ । बैतडी सहित बझाङ र दार्चुलामा पनि विद्युतीय राहदानी सेवा बन्द भएको उहाले बताउनु भएको छ । बैतडीमा पहिलो पटक गत जेठ १२ गते देखि विद्युतीय राहदानी सेवा दिन शुरु गरिएको थियो । हाल सम्म करिब ४०० जनाले विद्युतीय राहदानी ( ई–पासपोर्ट ) सेवा लिएका छन् । एम आर पी राहदानी विस्थापन गरेर विद्युतीय राहदानी शुरू गरिएको थियो ।
Comments are closed.