सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लामा रासायनिक मलको अभाव

सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर संगै पहाडी जिल्लाहरुमा पनि रासायनिक मलको अभाव भएको छ । यसैबिच डोटीमा रोपाइँ सुरु भए पनि रासायनिक मलको अभावका कारण किसानलाई समस्या भएको छ । मलको अभाव भएपछि डोटीका किसानले मल बिना नै रोपाइँ गर्न बाध्य भएका छन् । किसानले महिनौँ देखि खेतबारीमा प्रयोग गर्ने रासायनिक मल पाएका छैनन् । रोपाइँ गर्ने बेलामा समेत डोटीमा युरिया मल नपाएपछि किसान चिन्तित भएका छन् । भारत बाट मल आयात नभएका कारण डोटी जिल्लामा मलको आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । निर्देशनालयका अनुसार जिल्लामा हाल सम्म २५ प्रतिशत खेतमा मात्रै रोपाइँ भएको छ ।

सम्बन्धित

Comments are closed.