अत्तरिया बसपार्कमा नेपाली सेनाले आफ्नो दाबी सहितको बोर्ड राख्यो

कैलालीको अत्तरिया बसपार्कमा नेपाली सेनाले आफ्नो दाबीसहितको बोर्ड राखेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको बसपार्कको बीच भागमा रहेको रुखमा तेघरीस्थित देवीदल गणले ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ भन्दै बोर्ड टाँसेको हो ।

हाल बस पार्क रहेको ठाउँमा नेपाली सेनाले आफ्नो भू–भाग दाबी गरेको ठाँउमा व्यापार लागि प्रयोजन भइरहेका केही घरहरु समेत परेका छन् । उक्त जग्गा हाल गोदावरी नगरपालीकाले भोगचलन गर्दै आएको छ । अत्तरिया बसपार्क, लामीतालसहित करिब १७ हेक्टर जमिनमा सेनाले आफ्नो दाबी पेश गर्दै आएको छ ।

तत्कालीन बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्टले त्यतिबेला लाखौँ रकम खर्चेर बसपार्क निर्माण गरिरहेको समयमा सेना चुपचाप बसेर अहिले आएर दाबी गर्नु उचित नभएको बताउनु भयो । भट्टले अहिले सरकारमा भएको पार्टीले सो समस्या समाधान गर्नुपर्ने र स्थानीय स्तरबाट सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भयो ।

देवीदल गण तेघरीका गणपती सुनिलकुमार मल्लले भने नेपाली सेनाको जमिनको विषयलाई हेर्ने छुट्टै विभाग भएकाले यताबाट खासै केही गर्न नमिल्ने बताउनु भयो । कैलालीको गोदावरी नगरपालिका पनि यस विषयलाई लिएर सम्बन्धित सरोकारवालाहरुसंग निरन्तर छलफलमा रहेको जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.