अछामका एक सय ४५ जना किसानलाई जलवायु तथा महिला मैत्री कृषि सामग्री वितरण गरिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँ पालिकाका किसानलाई उक्त सामग्री वितरण गरिएको हो । डीसीए नेपालको सहयोगमा सोसेक नेपाल मार्फत यी चार वटा स्थानीय तहमा ग्रीन कर्णाली परियोजना सञ्चालित छ ।
परियोजनाले सामग्री सहयोग गरेको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका–३ र ९ का चिलतडा कृषक समुहका ३०, अछामकै तुर्माखाँद गाउँ पालिका–३ का सिद्धपाइला र त्रिवेणी कृषक समुहका २० , २० जना किसानलाई सामग्री वितरण गरिएको परियोजनाको उद्यम विकास अधिकृत पुस्कर प्रसाद शर्माले जानकारी दिनु भयो ।
जलवायु परिवर्तनको असर न्युनिकरण तथा किसानको आम्दानीमा वृद्धि हुने अपेक्षा सहित किसानलाई जलवायु तथा महिला मैत्री कृषि सामग्री दिइएको उहाले बताउनु भयो । किसानलाई वितरण गरिएको जलवायु तथा महिला मैत्री कृषि सामग्रीहरुमा गार्डेन पाइप, पञ्जा, पलास्टिक ड्रम, दाँते, ग्लोब्स, स्थायी र अस्थायी पोली हाउस, पलास्टिक पोखरी तथा काँक्रा, टमाटर लगायतका बीउ छन् ।
Comments are closed.