कञ्चनपुरको भीमदत्त नगरपालिका साक्षर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका विच नगरलाई साक्षर घोषणा गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा नगर साक्षर घोषणा गरिएको हो । सो साक्षर घोषणा कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा ,विशिष्ट अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी राना,नगर उप–प्रमुख नीलम लेखक जोशी,प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे, पत्रकार, बुद्धिजिवी,महिला,युवा लगायतको उपस्थिति रहेको थियो । २०७८ को जनगणना अनुसार नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ दशमलव ४३ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनु भयो । कञ्चनपुरको भीमदत्त नगरपालिका भर रहेको १५ देखि ६० वर्ष उमेर समुहको कुल ७७ हजार ४७ जनसंख्या मध्ये ७२ हजार ६ सय ३३ जना साक्षर रहेको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनु भयो । नगरमा अब ४ हजार ४ सय १४ अर्थात (५ दशमलव ७३) प्रतिशत मात्रै निरक्षर रहेका नगरपालिकाले जनाएको छ ।