धनगढीका मेयरले स्वास्थ्य शाखालाई गाडी हस्तान्तरण गरे

धनगढी उपमहानगरपालिकाले नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न विगतमा मेयरले चढ्दै आएको गाडी प्रयोग गर्ने भएको छ । चुनावका बेला नव निर्वाचित मेयर गोपाल हमालले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् ।

मेयर हमालले लक्ष्मी नारायण मन्दिरका श्री १००८ स्वामी देवराज आचार्य मार्फत उक्त गाडीको चावी स्वास्थ्य शाखाका प्रमुख कृष्णराज बोहरालाई हस्तान्तरण गरेका छन् । मेयरमा निर्वाचित भए देखि नै निजी गाडी चढ्दै आएका हमालले उक्त सरकारी गाडी १९ वटै वडामा मासिक रुपमा सञ्चालन गरिने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग गरिने बताउनु भएको छ ।

उनले मासिक कार्य तालिका अनुसार भाटभटेनी सुपरमार्केट संगको सम्झौता अनुसार विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन बाट नगरबासीले स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवाको लाभ लिन सक्ने बताउनु भएको छ । उहाले सबै वडामा एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना स्त्री रोग विशेषज्ञ चिकित्सक बाट स्वास्थ्य सेवा प्रदान गरिने बताउदै विस्तारै सेवालाई थप सुदृढ गरेर लैजाने बताउनु भएको छ ।

‘हाम्रो धनगढी हामी बनाउँछौ’ भन्ने अभियान अन्तरगत औषधी समेत निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने योजना पनि बनाइरहेको उनको भनाइ छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णराज बोहराले साउन १ गते देखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.