डोटीको सेती नदीमा बगेर एकजना मलामी बेपत्ता

डोटीको शिखर नगरपालिका–१० गहनान स्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका – ६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन् । बुधबार दिउँसो डडेल्धुरा बाट मलामी आएका उनी डोटीको गहनान स्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।
नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिले सम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले जानकारी दिनु भएको छ । वर्षातका कारण नदीमा पानीको बहाब बढेको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।
सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उनी सँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए । ताम्राकार करिब २०० मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए भने वीरेन्द्र अहिले सम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.