बाजुराको बूढीगंगामा मतदान कार्य सम्पन्न

बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदान गर्न १०÷१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधि बीच विवाद भएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको र पछि शान्तिपूर्ण रुपमा मतदान भएको बताउनु भएको छ । उनका अनुसार घटना पछि केहीबेर रोकिएको मतदान १२ः३५ देखि पुनः सुरु भएको बताउनु भएको छ ।

गत वैशाख ३० मा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः आज मतदान भएको छ । आज १० वटा मतदान स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वको टोली परिचालन गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.