बुढीगंगामा स्थानीय तहको निर्वाचनको मतगणना शुरु हुदै

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा दोस्रो पटक बिहीबार मतदान गर्ने कार्य सम्पन्न भएपछि स्थानीय तहको निर्वाचनको मतगणना आज बाट सुरु हुदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिनु भएको छ ।

नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग बहादुर खाती र नेकपा एमालेका राम बहादुर बानिया प्रतिस्पर्धामा छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.