स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई तथा मुक्त कमैया सवाल बिषयक अन्तरक्रिया सम्पन्न

स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई तथा मुक्त कमैया सवाल बिषयक अन्तरक्रिया कार्यक्रम बिहिबार कंचनपुरको झलारीमा सम्पन्न भएको छ ।

मुक्त कमैया समाज कंचनपुरका अध्यक्ष घासीराम रानाको सभापतित्वमा र शुक्लाफा“टा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रियामा बिशिष्ट अतिथी बेदकोट नगरपालिकाकी उप नगर प्रमुख तुलसी जोशी, जिल्ला समन्वय समिति सदस्य लिला चौधरी,

लालझाडी गाउपालिका सदस्य दुर्गा कामी र बेदकोट नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष चित्रदेब भट्ट रहेका थिए । मुक्त कमैयाहरुको सवालमा सबै जनप्रतिनिधिहरुले आ आफ्नो पालिका बाट सकिने जति समस्या समाधान हुने र हुन नसकिने खालका समस्यालाई समाधानका लागि पहल गरिने बताएका छन् ।

अन्तरक्रियामा मुक्त कमैया सम्बन्धी स्मरण पत्र मुक्त कमैया समाजका केन्द्रिय सदस्य जित बहादुर चौधरीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको बारेमा मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले प्रकाश पारेका थिए ।

सम्बन्धित

Comments are closed.