योजना र बजेट पहुच बारे एक दिने तालिम आइतवार सम्पन्न

 कञ्चनपुरको वेदकोट नगरपालिकामा योजना र बजेट पहुच बारे एक दिने तालिम आइतवार सम्पन्न भएको छ । मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको आयोजनामा कञ्चनपुरको बेदकोट नगरपालिकाको समन्वयमा र एफआईएमआई (फिमी)को आर्थिक सहयोगमा योजना र बजेट पहुच बारे एक दिने तालिम आइतवार सम्पन्न भएकोे हो ।

 मुक्त कमलरी विकास मञ्च कञ्चनपुरका अध्यक्ष सिता चौधरीको सभाध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर उपप्रमुख तुलसी जोशी रहनु भएको थियो । विशिष्ट अतिथि मुक्त कमलरी विकास मञ्च केन्द्रिय सदस्य शान्ती चौधरी, रहनु भएको थियो । अतिथिमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नमवर ७ का वडा सदस्य तथा बेदकोट नगरपालिका कार्यपालिकाका सदस्य पवन नेपाली, नेपाल पत्रकार महासंघ कञ्चनपुरको उपाध्यक्ष हेमन्ती चौधरी, कञ्चनपुरको बेदकोट नगरपालिकाका समाजसेवी नैनसिंह मडै, आस्थापुञ्ज सहकारी संस्थाका भोजराज भट्ट, रहनु भएको थियो । सो तालिममा बसन्ती चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 आदिवासी जनजाती महिलाहरुका लागी सशक्तिकरण परियोजनाका कार्यक्रम संयोजक दुर्गा चाड, कुवरले योजना र बजेट पहुच बारे जानकारी गराउनु भएको थियो । कञ्चनपुरका विभिन्न पालिकाहरुमा छुट्टयाइने वजेटमा मुक्त कमलरीको योजना र बजेट पहुच पुगोस भन्ने उदेशयले एक दिने तालिम सञ्चालन गरिएको मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले जानकारी दिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर उपप्रमुख तथा कर्यक्रमका प्रमुख अतिथि तुलसी जोशले कञ्चनपुरको बेदकोट नगरपालिकाका परिचय पत्र लिन छुटेका मुक्त कमलरीहलाई परिचय पत्र दिइने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 सो कार्यक्रमका प्रशिक्षक कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ६ का वडा सचिव यज्ञ राज भट्ट रहनु भएको थियो । कञ्चनपुरको बेदकोट नगरपालिकाका आदिवासी जनजाती लगायतका मुक्त कमलरी र अन्य महिलाहरुको सहभागीता रहेको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.