कैलालीको टीकापुर बसपार्क सञ्चालनमा आएको छ । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले आईतवार औपचारिक रुपमा बसर्पाकको उद्घाटन गरेसँगै बसपार्क सञ्चालनमा आएको हो ।
बसपार्कको उद्घाटन गर्दै नगर प्रमुख थारुले टीकापुरको विकासका लागि यो पनि एउटा आधार भएको बताउँदै यसलाई राम्रो सँग सञ्चालन गर्न सञ्चालन समितिलाई निर्देशन दिनु भयो । उहाँले बसपार्क सञ्चालनमा आएपछि बजार क्षेत्रमा भइरहेका अव्यवस्थित सवारी साधन पार्किङको समस्या समाधान भई यसले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गनुर्भयो ।
बसपार्क भित्र वाईफाई र सिसी क्यामेरा जडानको काम बाँकी रहेको र यसलाई पनि नगरपालिकाले चाँडै सम्पन्न गर्ने प्रमुख थारुले बताउनु भयो । बसपार्क सञ्चालनका लागि अमिक्षा कन्स्ट्रक्सनले ठेक्का पाएको छ । अमिक्षा कन्स्ट्रक्सन र टीकापुर नगरपालिका बिच नगरपालिकालाई ५५ लाख ३८ हजार २५५ रुपैयाँ दिने गरी ३ वर्षको लागि ठेक्का सम्झौता भएको छ ।
बसपार्क नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत राजेन्द्र रोयल जेभि धनगढीले भ्याट वाहेका ८ करोड, ३३ लाखमा निर्माण गरेको हो । बसपार्कमा बस, ट्रक, मिनी बस प्रवेश शुल्क ५० रुपैयाँ, विङगर, हाइस प्रवेश शुल्क ४० रुपैयाँ, अटो र ई रिक्सा प्रवेश शुल्क १५ रुपैयाँ तोकिएको छ ।
यस्तै बस, ट्रक, मिनी बस रात्रि बसाई शुल्क १५० रुपैयाँ र विङगर, हाइसको रात्रि बसाई शुल्क १२० रुपैयाँ तोकिएको अमिक्षा कन्स्ट्रक्सनले जनाएको छ । सञ्चालनमा आएको बसपार्क भित्र एक तले टर्मीनल भवन, त्यसमा टिकट काउन्टर, रेस्टुरेन्ट, महिला÷पुरुष शौचालय बनेको छ भने लामो र छोटो दुरीका बस, माइक्रो बस, ट्याक्सी, अटो र इ रिक्सा, बाइक अलग अलग स्थानमा पार्किङ, फायर हाइरेष्ट सिस्टम र खानेपानीको पनि व्यवस्था रहेको छ ।
शुक्लाफाँटा खबर
4947 posts
सम्बन्धित