अछाम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अछाम जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले एक समारोहका बीच जिल्ला घोषणा गरेका हुन् ।
अछाममा रहेका दश वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको छ । अछामका १५ महिना भित्रैका बाल बालिकालाई १३ वटा रोग विरूद्ध विभिन्न १४ वटा खोप लगाउने गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख तथा जिल्ला पूर्णखोप समन्वय समितिका सदस्य सचिब झनक ढुंगानाले जानकारी दिनु भयो ।
२ सय ४१ वटा खोप केन्द्रबाट खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जम्मा ३ हजार ८ सय ५१ बालबालिकालाई खोपको सुनिश्चितता गरेर यो कार्यक्रमको घोषणा गरिएको ढुगानाले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति एवं जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक ललित कुँवर जिल्ला पूर्णखोप घोषणाका लागि सहयोग गरेकोमा सबै निकायलाई धन्यवाद दिँदै खोपका कारण मानिसको आयुमा समेत वृद्धि हुने भएकाले यो स्वास्थ्यको महत्त्वपूर्ण सूचक रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.